About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १९ असार
मोरङको उर्लाबारीमा युवा प्रतिभा प्रस्फुटन प्रोत्साहन अक्षयकोष घोषणा गरिएको छ । उर्लाबारीका सामाजिक अभियन्ता रुद्रबहादुर तामाङको पहलमा अक्षयकोष स्थापना गरिएको हो ।
आज उर्लाबारी–४ स्थित बर्गर हाउसमा आयोजित पत्रकार सम्मेलनमा अक्षयकोष स्थापनाको उद्देश्यका बारेमा तामाङले प्रष्ट्याएका थिए । आर्थिक रुपमा पछाडि भएका जेहेन्दार तथा अनुशासित विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न मार्ग निर्माण गर्ने, विज्ञान, सूचना, प्रविधियुक्त सिर्जनशील जनशक्ति उत्पादन गर्ने उद्देश्यका लागि अक्षयकोष खडा गरिएको उनले बताए ।
यस्तै, किशोरकिशोरीलाई शिक्षाप्रति उत्तरदायी, समाजमा चारित्रिक र नैतिकवान् असल नागरिक बन्न उत्प्रेरित गर्ने, स्वदेश तथा विदेशका विद्यालय, कलेजमा प्रतिस्पर्धी भई देशकै सम्मानित जनशक्ति उत्पादनमा प्रेरणा दिने, जेहेन्दार विद्यार्थीले आर्थिक अभावकै कारण उच्च शिक्षा प्राप्त गर्न बन्चित हुनु नपरोस् भन्ने सन्देश प्रवाह गर्ने, प्राविधिक विज्ञहरु उत्पादन गरी देश विकासमा टेवा पु¥याउने र छरिएर रहेका आर्थिक सहयोगी हातहरुलाई एकत्रित गरी संकलित रकमको कोषमार्फत युवा प्रतिभा प्रस्फुटन गराउन सहयोग गर्ने उद्देश्य रहेको तामाङले जानकारी गराए ।
उनले कोष सञ्चालनका लागि डेढ महिनाअघिदेखि सञ्चालन गरेको अभियानमा आजसम्म ३ लाख ९८ हजार २ सय ७९ रुपैयाँ रकम जम्मा भएको छ । देश विदेशमा रहेका व्यक्तित्वहरुले आर्थिक सहयोग गरी कोषको साझेदार बनेका छन् । हालसम्म उर्लाबारी–८ घर भई हाल हङकङमा रहेका कमल लिङ्थेपले ६१ हजार ७६७ रुपैयाँ, अमेरिकामा रहेका उर्लाबारी–३ का सुरेन्द्र थापाले ४१ हजार ७०, उर्लाबारी–७ का जबरबहादुर तामाङ, उर्लाबारी–५ की शोभा चेम्जोङ पालुङ्वा, उर्लाबारी–२ का सन्जय पाख्रिन तामाङले २५÷२५ हजार, उर्लाबारी–३ का रुद्रबहादुर तामाङ, उर्लाबारी–६ का बालचन्द्र सुब्बा, उर्लाबारी–२ की बानु सुब्बा, उर्लाबारी–७ का नित्तम कार्की, रतुवामाई–१० का संजय किराँती राई र उर्लाबारी–३ का राजन न्यौपानेले जनही २०÷२० हजार रुपैयाँ अक्षयकोषमा जम्मा गरेका छन् ।
यस्तै, सुन्झोडा माविका प्रधानाध्यापक मुकुन्दराज निरौलाले १५ हजार ५५५, उर्लाबारी–७ का कृष्ण प्रधानले ११ हजार १११, उर्लाबारी–४ का हुकुमचन्द्र आचार्यले १० हजार, विराटनगरका अर्जुन खतिवडाले ६ हजार १११, पथरी शनिश्चरेका गणेशप्रसाद दाहाल, लुमा भट्टराई खड्का र पुनम कार्कीले जनही ५ हजार ५५५, कानेपोखरीकी शोभा जोशी, उर्लाबारी–७ का बद्री बिक्रम सुवेदी, उर्लाबारी–७ कै नवीन पौडेल, पथरी शनिश्चरेका देवेन्द्र भट्टराई, उर्लाबारी–३ की खिना थापा, लेटाङ–५ का सुवन ढकालले ५÷५ हजार रुपैयाँ अक्षयकोषमा सहयोग गरेका छन् ।
उक्त अक्षयकोषको रकम बैंकमा राखेर त्यसको व्याजमध्ये २५ प्रतिशत सावाँमा हाल्ने र बाँकी ७५ प्रतिशत रकम उर्लाबारी–२ स्थित सुनझोडा माविमा कक्षा ८, ९ र १० मा प्रथम हुने विद्यार्थीलाई वितरण गर्ने जनाइएको छ । उर्लाबारीमा आधा दर्जनभन्दा बढी सामुदायिक माध्यमिक विद्यालय भएपनि सुनझोडा माविमा पढ्ने अधिकांश विद्यार्थी विपन्न परिवारका भएकोले सोही विद्यालय रोजिएको तामाङले बताए ।
यसैबीच, युवा प्रतिभा प्रोत्साहन अक्षयकोष सञ्चालनका लागि रुद्रबहादुर तामाङको संयोजकत्वमा ९ सदस्यीय अक्षयकोष सञ्चालक समिति गठन गरिएको छ । समितिको सदस्यमा बालचन्द्र सुब्बा, कृष्ण प्रधान, बानु सुब्बा, सुवन ढकाल, संजय पाख्रिन तामाङ, लुमा भट्टराई खड्का, बद्रीबिक्रम सुवेदी रहेका छन् । कोषलाई अझै बृद्धि गर्दै लैजाने र कोषमा सहयोग गर्न इच्छुकलाई जहिल्यै ढोका खुला रहने संयोजक तामाङले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय