
काठमाडौँ, १८ असार
महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ । शनिबार बंगलादेशको ढाकामा सम्पन्न साफ कंग्रेसले च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ १३ देखि २५ भदौसम्म नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको थियो । साफ कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो ।