About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ असार
उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल आज दिनभर अनुगमनमा व्यस्त भइन् । कार्यालय विदाको दिन भएपनि योजना शाखाका अधिकृत विकास दाहाल, प्राविधिकहरु अमन चौधरी र राम गड्तौलासहित उपप्रमुख पौडेल विकास निर्माण र तालिमको अनुगमनमा निस्किएकी हुन् ।
उक्त टोलीले नगरपालिकाको बजेटबाट उर्लाबारी–४, ८ र ९ मा हुँदै गरेका कामको अनुगमन गरेको छ । खैरेनी समाज सेवा समिति उर्लाबारी–८ को शौचालय, फालमे सिँढी र भुइँ ढलाइ, लक्ष्मी माविको भवन निर्माण, विभिन्न स्थानको सडक ग्रोभलको अनुगमन भएको हो ।

यस्तै, नगरपालिकाको महिला विकास शाखाबाट उर्लाबारी–४ को लक्ष्मीनारायण मन्दिरमा सञ्चालित बेमौसमी तरकारी खेती सम्बन्धी तालिमको पनि उपप्रमुख पौडेलले अनुगमन गरेकी छिन् । अनुगमनका क्रममा नियम संगत र गुणस्तरीय कार्य गर्न उनले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएकी थिइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय