
उर्लाबारी, १७ असार
रोटरी क्लब अफ उर्लाबारीको नयाँ नेतृत्व चयन भएको छ । लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील हेमचन्द्र भट्टराई रोटरी क्लव अफ उर्लाबारीको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
रोटरीको क्यालेन्डर अनुसार जुलाई १ देखि पुरानो समितिको पदावधि पूरा भई प्रस्तावित अध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार भट्टराई सन् २०२२÷२३ को अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष भट्टराई उर्लाबारी–७ स्थित पार्लेन्स इन्टरनेशनल एकाडेमीका संस्थापक÷प्रिन्सिपल हुन् ।
रोटरी क्लब अफ उर्लाबारीको प्रेसिडेन्ट इलेक्टमा विनोद न्यौपाने, प्रेसिडेन्ट नोमिनीमा मुकुन्दराज निरौला, सचिवमा घनश्याम भण्डारी, कोषाध्यक्षमा भरत कँडेल, क्लब एडमिन डाइरेक्टरमा सूर्य पौडेल, सर्भिस प्रोजेक्ट डाइरेक्टरमा सुरेन्द्र सुवेदी, मेम्बरसिप डाइरेक्टरमा सीताराम ओझा, टीआरएफ डाइरेक्टरमा भुवन श्रेष्ठ, सर्जेन्ट एट आम्समा खगेन्द्र खनाल, क्लब ट्रेनरमा राजेश महेश्वरी चलन भएका छन् ।