About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १७ असार
असार ८ गते सुरु भएको उर्लाबारी नगरपालिकाको नगरसभा आज सम्पन्न भएको छ । आज शिक्षा सम्बन्धी विधेयक २०७९, खानेपानी सेवा (व्यवस्थापन तथा नियमन) विधेयक २०७९, सहकारी (पहिलो संशोधन) विधेयक, २०७९ पारित, विभिन्न समितिहरु गठन गर्दै नगरसभा सम्पन्न भएको हो ।
खानेपानी सेवा विधेयक र सहकारी (पहिलो संशोधन) विधेयक सर्वसम्मतले पारित भएको छ । शिक्षा सम्बन्धी विधेयकमा पनि नेपाली काँग्रेसबाट निर्वाचित नगरसभा सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् । विद्यालय व्यवस्थापन समितिमा दुई जना सदस्य नगर कार्यपालिकाले मनोनित गर्ने विषयमा असहमति जनाउँदै उनीहरुले सो विधेयकमा नोट अफ डिसेन्ट लेखेका हुन् ।
यस्तै, आजको नगरसभामा विभिन्न समिति गठन भएको छ । अर्थ तथा सार्वजनिक लेखा समितिमा चिन्तामणि पौडेल, विधायन समितिमा कुलबहादुर कार्की, सामाजिक समितिमा रविन लामा, सुशासन तथा स्थानीय सेवा समितिमा कुमार कँडेल र कृषि, पर्यटन, पुर्वाधार तथा प्राकृतिक स्रोत समितिमा तिलक पाण्डेलाई संयोजक तोकिएको प्रवक्ता भीष्म बुढाथोकीले जानकारी दिए ।
यसैगरी, नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल संयोजक रहने न्यायिक समितिको सदस्यमा वडा नं. ८ का वडा सदस्य रुद्रप्रंसाद लामिछाने र वडा नं. ४ की वडा सदस्य अमृता नेपाली चयन भएका छन् । आजको नगरसभा बैठकले राजघाट स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने निर्णय समेत गरेको प्रवक्ता बुढाथोकीले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय