
काठमाडौं, १७ असार
आज देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । विभागका अनुसार आज प्रदेश १ का एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम विभागले जनाएको छ । बिहान प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जानकारी दिएको छ ।



