About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १७ असार
मोरङको उर्लाबारीमा रहेका दुई वटा लायन्स क्लबमा नयाँ नेतृत्वले कार्यभार सुरु गरेका छन् । लायन्स क्लब अफ ईष्टन मोरङ र लायन्स क्लब अफ उर्लाबारीमा नयाँ नेतृत्व आएको हो ।
लायन्स क्लब अफ ईस्टन मोरङको अध्यक्षमा तेजबहादुर घिमिरेले कार्यभार ग्रहण गरेका छन् । जसको प्रथम उपाध्यक्षमा खगेन्द्र गुरागाईं, द्वितीय उपाध्यक्षमा अर्जुन न्यौपाने, तृतीय उपाध्यक्षमा बेदनिधि तिमिल्सिना, सचिवमा इन्द्रबहादुर भट्टराई र कोषाध्यक्षमा सुनिल अग्रवाल रहेका छन् ।


यस्तै, लायन्स क्लब अफ उर्लाबारीको अध्यक्षमा सञ्जिब बुढाथोकीले कार्यभार सम्हालेका छन् । उर्लाबारी–२ निवासी बुढाथोकीलाई सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । मोरङ जिल्ला फुटबल संघका अध्यक्षसमेत रहेका बुढाथोकी सामाजिक सेवामा सक्रिय छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय