About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १५ असार
मोरङको उर्लाबारीमा राष्ट्रिय धान दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । उर्लाबारी–७ स्थित नारी सृजना कृषि सहकारी संस्थाको आयोजनामा धान दिवस भव्यताका साथ मनाएको छ ।
उर्लाबारी–७ बैंसाबारीमा सहकारीको जग्गामा कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मीना खतिवडा पौडेलले धान रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । त्यसपछि सहकारीका शेयर सदस्य तथा उपस्थित महानुभावले धान रोपेका थिए ।


प्रमुख अतिथि नगर प्रमुख गंगाप्रसाद खरेलले कृषिबाटै देशको आर्थिक विकास गर्न सकिने बताए । उनले असार १५ तथा धान दिवसको सबैमा शुभकामना व्यक्त गरे । सहकारीकी अध्यक्ष पुष्पाकुमारी राजभण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । नारी सृजना कृषि सहकारीले वर्षेनि असार १५ गते धान दिवस मनाउँदै आएको सहकारीकी व्यवस्थापक इन्दिरा खनालले बताइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय