About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

असार १५ को अवसरमा सुनसरीमा बिद्यार्थीले धान रोप्दै खेतमै पठन पाठन गरेका छन । नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय इटहरी र श्री जगन्नाथ डेडराज जनता मा वि वराहक्षेत्र ५ कालावंजारका बिद्यार्थीहरुले धान रोप्दै धान रोपाई सम्वन्धि पढाई पनि गरेका हुन । श्री जगन्नाथ डेडराज जनता मा वि वराहक्षेत्र तीनवर्षे डिप्लोमा कृषि पशु विज्ञान र वालि विज्ञान विषयमा दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले रोपाई सँग सँगै बाली बिज्ञानको पढाई पनि गरे । बिद्यार्थीहरु धान रोप्दै गरेका देखिन्थे भने बिषय शिक्षकहरुले कति रोप्ने,कति फरकमा रोप्ने सिकाइरहेका थिए । विद्यालयको आफ्नै जग्गामा धान दिवसको अवसरमा रोपाइ गरिएको बिद्यालयका शिक्षक चेतनाथ भटटराईले जानकारी दिनुभयो ।
सो बिद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत पढ्दै कमाउदै कार्यक्रम समेत संचालित छ । सो बिद्यालयमा विद्यार्थीहरूको विभिन्न समूह वनाइ आयआर्जनका लागि गाइपालन, वाख्रा पालन, च्याउ उत्पादन तरकारी उत्पादन, धान खेति, कुखुरा पालन, भेटेनरी ल्याव तथा क्लिनिक सेवा लगायत सन्चालनमा रहेको छ । श्री जगन्नाथ डेडराज जनता माविमा ८० जना विद्यार्थी वस्न सक्ने महिला तथा पुरूष छात्रावार अलग अलग रहेको प्रधानाध्यापक हिरामणी पौडेलले जानकारी दिनुभयो । विद्यालयको २२ विगाहा भन्दा वढि जग्गा रहेको छ ।
यसैगरी नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय इटहरी सुनसरीले आज राष्ट्रिय धानदिवसका असरमा आफ्नै खेतमा डिप्लोमाइन प्लान्ट साईन्सका बिद्यार्थीले धान रोप्दै सो सम्वन्धी सिकाई पनि गरेका छन । धानरोपाई कार्यक्रमका प्रमुख अतिथि इटहरी ३ का वडा अध्यक्ष उमेश सुवेदीले बहुप्राविधिक शिक्षालयमा अध्ययनरत बिद्यार्थीहरुले प्रविधिमैत्रीभएर कृषिमा क्रान्तिगर्नुपर्नेमा जोड दिनुभयो । त्यसकालागि आफू समेत सहयोगिको भूमिका खेल्न तयार रहेको बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष एकचन्द्र बरालले नेपालमा कृषिमन्त्रालयले २०६१ सालदेखि धानदिवस मनाउन थालेको जानकारी दिनुभयो । धान रोप्ने कार्यक्रममा स्थानीयबासीले पनि साथ दिएका शिक्षालयका प्रार्चाय अर्जुन उप्रेतीले जानकारी दिनुभयो ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय