
उर्लाबारी, १५ असार
उर्लाबारी नगरपालिकाले असार १६ र १७ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । लगातारको वर्षाका कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न समस्या देखिएपछि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको नगर प्रमुख गंगाप्रसाद खरेलले बताए ।
बाढी र डुबानको जोखिम बढ्दै गएकाले बर्खे बिदामा कटौती गर्ने गरी दुई दिन उर्लाबारीका सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको उनले बताए ।