About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १५ असार
आज असार १५ अर्थात दही चिउरा खाने दिन । आजै धान दिवस पनि । आजबाट रोपाइ शुरु गरी दही चिउरा खाजाको रुपमा खाने चलन रहेको छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाएर आजको दिन मनाउने गर्दछन् । दही चिउरा खाँदा मिठो मात्र होइन यसले स्वास्थ्यका लागि पनि निकै फाइदा पु¥याउछ । दही चिउरामा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ ।

चिउरा खाँदाको फाइदाहरू

– चिउरा जुनसुकै बेलामा पनि खान सकिन्छ ।
– चिउरामा कार्बोहाइड्रेड भएकाले यसले शक्ति प्रदान गर्दछ ।
– चिउरामा आइरनको मात्रा बढी हुन्छ ।

दही खानुका फाइदा

– दही सेवन गर्दा रोगसँग लड्ने क्षमता बढाउँछ ।
– दहीमा बनाउने ल्याक्टोब्यासिलस ब्याक्टोरिया प्राचन प्रक्रियामा सहयोग गर्दछ ।
– दहीको सेवन गर्दा ठूलो आन्द्रा क्यान्सरको समस्या, ग्यास्ट्रिकको समस्या तथा अल्सर हुुने समस्याबाट पनि जोगाउने काम गर्दछ ।
– दहीको नियमित सेवनले हड्डी कमजोर हुने समस्यालाई कम गर्छ ।
– पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गरे यसले पखाला नियन्त्रण गर्छ ।
– दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय