
मोरङ, १४ असार
लगातारको वर्षापछि आएको बाढीले बगाएर मोरङमा एक जनाको ज्यान गएको छ भने १७५ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुन्दरहरैँचा नगरपालिका वडा नंं ६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको गछिया खोलाले बगाएर मृत्यु भएको छ ।
उता, सिंघीया खोलामा आएको बाढीका कारण मोरङ विराटनगर र कटहरी गाउँपालिकामा १७५ परिवार विस्थापित भएका छन् । विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् ।