About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १४ असार
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले विपतको समयमा आवश्यक सावधानी अपनाउन नगरवासीलाई आग्रह गरेका छन् । अविरल वर्षाका कारण उर्लाबारीका विभिन्न स्थानमा कटान तथा डुबान भइरहेको अवस्थामा आवश्यक सावधानी अपनाउन उनले आग्रह गरेका हुन् ।
साथै, विपत्को समयमा कुनै सहयोग आवश्यक परेमा आफूलाई वा उर्लाबारी नगरपालिकाको आपतकालीन कार्यसञ्चालन केन्द्रको सम्पर्क नम्बर ९८५२०४२४६० वा सम्बन्धित वडाका जनप्रतिनिधिलाई सम्पर्क गर्न उनले आग्रह गरेका छन् । उर्लाबारी नगरपालिकाको आपतकालीन कार्यसञ्चालन केन्द्रले पनि आज एक सूचना प्रकाशित गरी सहयोग आवश्यक परे सम्पर्क गर्न आग्रह गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय