About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १ साउन
मोरङको उर्लाबारी–२ स्थित वेतिनी सामुदायिक वनभित्र बनाइएको स्वीमिङ पुलको वाल निर्माण सम्पन्न भएको दुई सातामै भत्किएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम इकाई सलकपुर, मोरङको १९ लाख २३ हजार ७७ रुपैयाँ र स्थानीय समूहबाट ३ लाख ७१ हजार ११६ रुपैयाँ गरी २२ लाख ९४ हजार १९४ रुपैयाँको लागतमा निर्माण गरिएको पोखरीको वाल भत्किएको हो ।
करिब २२ मिटर वाल भत्किएको र पोखरीको पानी खोलिएको गएको वेतिनी वनका पूर्व अध्यक्ष कृष्ण दाहालले बताए । प्राविधिक स्टिमेटअनुसार वन समूहले नै निर्माण गरेको पोखरीको संरचना योजना पास भएको दुई साता नबित्दै भत्किएपछि स्थानीयले निर्माण कार्यमा आशंका गरेका छन् । के, कस्तो कारण यस्तो भएको भन्ने विषयमा छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने स्थानीय सक्षम भण्डारीले बताए ।
उता, वन समूहका अध्यक्ष भीम राईले प्राविधिक स्टिमेट अनुसार काम गरेको बताए । ‘काम सम्पन्न भएपछि कार्यालयका प्राविधिकले जाँच गरी योजना पास गरेर रकम निकासा भएको हो’ उनले भने । ‘नयाँ वालमाथि माटो पुर्ने, पोखरीको लेदो सफा गर्ने योजना थिएन’ अध्यक्ष राईले भने, ‘प्राविधिकले यी काम नगरी योजना पास नगर्ने बताएपछि माटो पु¥यौं, लेदो सफा गरेर फिनिसिङ ग¥यौं ।’ लगातारको वर्षा र माटोको लोभरलोड भएर वाल भत्किएको उनले बताए । यस विषयमा छलफल गर्न शनिबार कार्यसमिति, सल्लाहकार, वडाका प्रतिनिधि र लेखा समितिको संयुक्त बैठक राखिएको उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय