About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १३ असार
तीज नजिकिँदै गर्दा अहिले तीज सम्बन्धी गीत निर्माणको क्रम बृद्धि भएको छ । तर, यस वर्ष तीज गीतमा कडाइ गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सद्भावमा खलल पु¥याउने, अभद्र, द्विअर्थी र अपाच्य किसिमका तीज गीत सार्वजनिक नगर्न आग्रह गरेको छ । अध्यक्ष रमेश बीजीले विज्ञप्ति जारी गर्दै संस्थागत आग्रहलाई बेवास्ता गरिए साधारण सदस्यता लगायत संस्थागत सेवाबाट समेत बञ्चित गर्ने चेतावनी दिएका छन् ।
तीज गीतमा विकृति, विसंगति र अभद्र श्रव्यदृश्य समावेश भएको गुनासो आएकाले त्यसो नगर्न प्रतिष्ठानले आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ ‘सम्पूर्ण स्रष्टा, सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवम् वितरकमा सामाजिक सदभावमा खलल पु¥याउने एवम् अभद्र र नियतवश द्विअर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न नगराउन आग्रह गर्छौं ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय