About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

कानेपोखरी, १३ असार
मोरङ कानेपोखरी गाउँपालिकाको प्रत्येक वडामा माध्यामिक स्कुलको व्यवस्थापन गरिने भएको छ । भखरै सम्पन्न नीति तथा कार्यक्रममा गाउँसभाले सामुदायिक विद्यालय गुणस्तरमा अभिवृद्धि गर्न ‘एक वडा, एक मावि’ को अवधारणा पास गरेको हो । यो सँगै प्रत्येक वडाको एउटा मावि स्कुलमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरिने भएको छ ।
अहिले वडा नं. १ मा श्री मावि होक्लाबारी, वडा नंं. २ मा शिक्षा विकास मावि, वडा नं. ३ मा शिक्षा सदन मावि र बाल मावि, वडा नं. ५ मा सिंहदेवी मावि र श्रीमावि भौसावारी, वडा नं. ६ मा जनसेवा मावि र वडा नं. ७ मा जनकल्याण मावि गरी जम्मा ८ वटा मावि सञ्चालनमा छन् । वडा नं. ४ मा माध्यमिक तहको पढाइ हुने स्कुल छैन ।
वडा नं. १ मा २ वटा, २ मा ३ वटा, वडा नं. ३ मा १ वटा, वडा नं. ४ मा ३ वटा, वडा नं. ५ मा १ वटा, वडा नं. ६ मा ३ वडा आधारभूत विद्यालय रहेका छन् । गाउँपालिकामा सामुदायिक विद्यालय जम्मा २३ वटा रहेका छन् ।
यस्तै, पालिकाभित्रको सवै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्वच्छ तथा शुद्ध पिउने पानीको लागि आधुनिक फिल्टर जडान समेत गरिने भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय