
उर्लाबारी, १३ असार
उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल आज दिनभर अनुगमनमा व्यस्त भइन् । हिजोसम्म नगरको नीति, कार्यक्रम तथा बजेटमा केन्द्रीत भएकी उनी आज प्राविधिकसहित वडा नं. १, ५ र ९ का विभिन्न स्थानमा भएका विकास निर्माणका कार्यसाथै अन्य कार्यको अनुगमन गरेकी हुन् ।
उर्लाबारी १ मा कृषि शाखाबाट वितरण गरिएको पावर टिलर, बोरिङको अनुगमनका साथै वडा नं १ को वडा कार्यालयको निरीक्षण गरेको वडाध्यक्ष तिलक पाण्डेले बताए । सोही वडाको बाटो र कल्भर्टको पनि उपमेयर पौडेलले अनुगमन गरेकी छिन् ।
यस्तै, वडा नं. ५ मा झुम्राहामा निर्माण भएको बक्स कल्भर्ट, विभिन्न स्थानमा निर्माण गरिएको ड्रेनको उपमेयर पौडेलले अनुगमन गरिन् । सो अवसरमा वडाध्यक्ष रविन लामाको पनि सहभागिता रहेको थियो । उता, वडा नं. ९ मा बाख्रापालनको अनुगमन भएको छ ।




आजै उनी उर्लाबारी–७ स्थित राधिका माध्यमिक विद्यालयमा पनि पुगिन् । उनले त्यहाँ अपाङ्गता स्रोत कक्षाका विद्यार्थीलाई नगरपालिकाले प्रदान गरेको स्टेशनरी तथा खेलकुद सामग्री प्रदान गरिन् ।