About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १२ असार
आगामी आर्थिक वर्षका लागि उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा पाैडेलले प्रस्तुत गरेकाे बजेटमाथि छलफल भई पारित भएको छ । असार १० गते प्रस्तुत भएको बजेट नगरपालिकाको आठौं नगरसभाकाे आज बसेकाे तेस्राे बैठकले पारित गरेकाे प्रवक्ता भीष्म बुढाथोकीले जानकारी दिए ।
नगर प्रमुख गंगा प्रसाद खरेलकाे अध्यक्षतामा बसेकाे आजकाे बैठकमा आ.व. २०७९ /८० काे वजेट याेजना तथा कार्यक्रम, आर्थिक विधेयक २०७९ र विनियाेजन विधेयक २०७९ माथि छलफल भएको उनले बताए ।
नगरसभाकाे अर्को बैठक असार १७ गते बस्ने र उक्त बैठकले नगरलाई आवश्यक ऐेन ल्याउने प्रवक्ता बुढाथोकीले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर