About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ असार
उर्लाबारीमा सञ्चालित आधारभूत तह (कक्षा १–३) को एकीकृत पाठ्यक्रम सम्बन्धी चार दिने कार्यशाला आज सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) उर्लाबारी नगर समितिको आयोजनामा सञ्चालित कार्यशालामा प्याव्सनमा आवद्ध उर्लाबारीका २० विद्यालयका ६३ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।
गत असार २, ३ र ४ गते तथा आज तालिम सञ्चालन गरिएको हो । कार्यशालामा मिक्लाजुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख काशीनाथ खनाल र आकार फाउण्डेशनकी सञ्चालक प्रिसिमा थापाले सहजीकरण गरेका थिए । आज समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरियो । कार्यक्रमका प्रमुख अतिथि प्याव्सनका केन्द्रीय सदस्य केदार खनाल, प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई, प्याव्सन मोरङका उपाध्यक्ष सुरेन्द्र सुवेदी, सहजकर्ता प्रिसिमा थापा, सहभागीको तर्फबाट उर्लाबारी लिटिल एन्जेज बोर्डिङकी सोनिया कठायत र कुडोस विद्यासदनका रोहित सापकोटाले मन्तव्य राखेका थिए ।
तालिममा सहभागीहरुले चार दिनसम्मको सिकाइ एकदमै फलदायी भएको बताएका थिए । अतिथि वक्ताहरुले तालिममा सिकेका कुरालाई विद्यालयमा गएर व्यवहारमा उतार्न सुझाव दिएका थिए । कार्यक्रमका सभापति तथा प्याव्सन उर्लाबारीका अध्यक्ष दिनेश पोख्रेलले उर्लाबारी प्याव्सनले यो वर्षलाई तालिम वर्षको रुपमा लिएको बताए । शिक्षकशिक्षिकाहरुको क्षमता विकासका लागि यो वर्ष विभिन्न किसिमका तालिम सञ्चालन गर्ने उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर