About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ असार
नेपाल दर्शन कलेज उर्लाबारीकाे विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम आज सम्पन्न भएको छ । उर्लाबारी पार्टी प्यालेसमा भव्य कार्यक्रमका बीच विविएस प्रथम वर्ष र कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा विविएस चाैंथाे वर्ष र कक्षा १२ का विद्यार्थीलाई विदाई गरिएको हाे ।
दुई सत्रमा आयाेजित कार्यक्रमको पहिलाे सत्रमा विद्यार्थीलाई स्वागत र विदाई गरियो । नेपाल दर्शन कलेजका अध्यक्ष ई खड्गबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्रवन्ध निर्देशक कुलप्रसाद शिवाकोटी, क्याम्पस प्रमुख सविना खड्का कार्की र सञ्चालक सदस्य गाेविन्द भट्टराईले क्याम्पसका गतिविधि र भावी रणनीतिका बारेमा जानकारी गराएका थिए ।
सहायक क्याम्पस प्रमुख दुर्गाप्रसाद पाैडेलले सञ्चालन गरेको कार्यक्रममा शिक्षक नवराज भट्टराईले स्वागत मन्तव्य राखेका थिए । साेही अवसरमा मिस उर्लाबारी २०२२ काे विजेता कक्षा ११ कि छात्रा दिया दाहाललाई सम्मान गरिएको थियाे भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियोे ।
साथै दाेस्राे सत्रमा आयाेजित साँगीतिक कार्यक्रममा विद्यार्थीहरूले भरपुर मनाेरञ्जन लिएका थिए । कलेजका विद्यार्थीले गायन, नृत्य लगायतका मनाेरञ्जनात्मक प्रस्तुति दिएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर