About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ असार
सडकमा भएका खाल्डाखुल्डी पुर्न पटकपटकको आग्रहलाई सडक डिभिजन र ठेकेदार पक्षले वेवास्ता गरेपछि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल आफैं सडकका खाल्डाखुल्डी पुर्न खटिएका छन् । पूर्वपश्चिम लाेकमार्ग अन्तरगत उर्लाबारी सडक खण्डमा भएका खाल्डाखुल्डी पुर्न मेयर खरेलले चासो दिएर लागेका हुन् ।
सडक डिभिजन मातहत रहने सडकमा भएका खाल्डा पुर्न पटक पटक तागेता गर्दा पनि चासाे नदेखाएको मेयर खरेलले बताए । `सडक डिभिजनलाई भन्दा ठेक्का लागिसकेको बताउँछन्, ठेकेदारले फाेन नै उठाउँदैनन्´ मेयर खरेलले भने, `सडकका खाल्डाका कारण दुर्घटनाको जाेखिम बढेकाे हुँदा यसकाे व्यवस्थापनमा लागेको हुँ ।´                                               
सम्बन्धित निकायले सडक मर्मतमा चासाे नदेखाएका कारण सवारीसाधन, यात्रु र स्थानीयले दुःख पाएकाे उनले बताए । नगरपालिकाको क्षेत्राधिकार नभएपनि सडकमा भएका खाल्डाले दुर्घटना निम्तिने भएकोले खाल्डाखुल्डी पुर्ने काम गरेको उनले बताए । साे अवसरमा नगर उपप्रमुख मीना खतिवडा पाैडेलकाे पनि सहभागिता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर