About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १० असार
आगामी कार्तिक ३० मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ । आयोगले सरकारलाई आगामी साढे चारदेखि पाँच महिनाभित्र आम निर्वाचन गर्ने अनौपचारिक प्रस्ताव पठाइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बताएका छन् ।
आज काठमाडौं महानगरपालिकाको नगरसभामा बोल्दै मन्त्री श्रेष्ठले अब आम निर्वाचन धेरै टाढा नभएको साढे चार महिनादेखि पाँच महिनाभित्र चुनाव हुने बताए । अब छिट्टै सरकारले चुनावको मिति तोक्ने उनले बताए ।
मन्त्री श्रेष्ठले आयोगले एकै चरणमा भए कात्तिक ३० गते र दुई चरणमा भए कात्तिक २८ र मंसिर ३ गते आम निर्वाचन गर्ने मिति प्रस्ताव गरेको जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर