
लेटाङ, १० असार
मोरङको लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ७४ करोडभन्दा बढीको बजेट ल्याएको छ । नगर प्रमुख भुपेन्द्र लावतीको अध्यक्षतामा आज बसेको नगर सभामा उपप्रमुख कृष्णकुमारी पोखरेलले ७४ करोड ३१ लाख ३९ हजार ४ सय ८० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।