
उर्लाबारी, १० असार
उर्लाबारीस्थित सप्तकोशी अंग्रेजी आवासीय माध्यमिक विद्यालयले करिब साढे तीन लाख रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी १३ जना विद्यार्थीलाई जम्मा ३ लाख ४६ हजार १ सय रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष वैजयन्ती मिश्रको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्याव्सन उर्लाबारीका अध्यक्ष दिनेश पोख्रेल, अतिथि सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई र विव्यस अध्यक्ष वैजयन्ती मिश्रले विद्यार्थीलाई छात्रवृत्ति वापतको चेक प्रदान गरेका थिए ।
छात्रवृत्तिका लागि परीक्षा गराएर प्रत्येक कक्षाका १।१ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको विद्यालयका संस्थापक÷प्रिन्सिपल लेखनाथ भट्टराईले जानकारी दिए । छात्रवृत्ति पाउने विद्यार्थीहरुमा आदित्य पौडेलले २० हजार, सैलेस दाहालले २० हजार ५ सय, सक्षम ढकालले २१ हजार ५ सय, नियोन राईले २२ हजार, रायन स्मरण पोखरेलले २२ हजार ५ सय, सलोन त्रितालले २७ हजार ५ सय, अनुस्का तिम्सिनाले २८ हजार ५ सयको चेक प्राप्त गरेका छन् । यस्तै, क्रिष्टिना पौडेलले ३३ हजार, रुवेश न्यौपानेले ३४ हजार, रोश्नी तामाङले ३५ हजार ५ सय, सौराग्य अधिकारीले ३६ हजार ८ सय, सलिना त्रितालले २२ हजार १५० र सन्देश खतिवडाले २२ हजार १५० रुपैयाँ छात्रवृत्ति प्राप्त गरेका छन् ।
विद्यालयले प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताउँदै प्रिन्सिपल भट्टराईले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीमा पढाइप्रति उत्प्रेरणा जागृत हुने जनाए । प्रमुख अतिथि प्याव्सन नगर अध्यक्ष दिनेश पोख्रेलले निजी विद्यालयले पनि सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरुमा कुनै कन्जुस्याई नगरेको बताए । निजी विद्यालयप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई, अभिभावकहरु विना लामिछाने, मिलन पोख्रेल, विद्यार्थी सौराग्य अधिकारी मन्तव्य राखेका थिए । कार्यक्रमकी सभापति वैजयन्ती मिश्रले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीमा कक्षामा मात्र नभई समाजका विभिन्न कार्यमा पहिलो हुने क्षमताको विकास होस् भन्ने शुभकामना प्रदान गरिन् ।



