About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १० असार
उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि करिब १ अर्बको बजेट ल्याएको छ । आज नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको आठौँ नगरसभाको दोस्रो बैठकमा उपप्रमुख मीना खतिवडा पौडेलले बजेट प्रस्तुत गरेकी हुन् ।
उपप्रमुख पौडेलले ९९ करोड ५२ लाख ५४ हजार ९८० रुपैया बराबरको बजेट सार्वजनिक गरिन् । जसअनुसार चालु खर्चतर्फ ४३.५८ प्रतिशत अर्थात् ४३ करोड ३७ लाख ४२ हजार ९८० रुपैयाँ र पुँजीगत खर्चतर्फ ५६.४२ प्रतिशत अर्थात् ५६ करोड १५ लाख १२ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको आयतर्फ आन्तरिक आम्दानी रु. ७ करोड ५५ लाख ५३ हजार, संघीय सरकार राजस्व बाँडफाँटतर्फ रु. ११ करोड ३२ लाख ४७ हजार, संघीय सरकार वित्तीय समानीकरणतर्फ रु. १८ करोड, वित्तीय समानीकरण प्रदेश सरकारतर्फ रु. १ करोड ७ हजार ५ सय, सवारी साधन कर बाँडफाँट प्रदेश सरकारतर्फ रु. १ करोड, सडकबोर्ड बाट प्राप्त हुने रकम रु. ५० लाख, संघीय सरकार सशर्त अनुदान तर्फ रु. ४० करोड १७ लाख, प्रदेश सरकार सर्शत अनुदान तर्फ रु. ४० लाख २० हजार, रजिष्ट्रेशन बाँडफाटबाट रु. ५ करोड ७६ लाख ११ हजार ७ सय ७०, संघीय सरकार समपुरक अनुदान तर्फ २ करोड, संघीय सरकार संस्थागत आन्तरिक तर्फ रु. १ लाख ८० हजार ६ सय ८७, संघीय सरकार वन रोयल्टी रु. २० लाख, प्रदेश सरकार समपूरक अनुदान तर्फ रु. १ करोड, जनसहभागिता तर्फ रु. १ करोड ५० लाख र आ.व. २०७८÷०७९ को मौज्दात तर्फ रु. ९ करोड ९ लाख ३५ हजार २३ गरी जम्मा कुल आम्दानी रु. ९९ करोड ५२ लाख ५४ हजार ९ सय ८० अनुमान गरिएको छ ।
यस्तै, व्ययतर्फ संघीय सरकार सशर्त अनुदान तर्फ रु. ४० करोड १७ लाख, संघीय सरकार समपुरक अनुदान तर्फ २ करोड, प्रदेश सरकार समपूरक अनुदान तर्फ रु. १ करोड, प्रदेश सरकार सर्शत अनुदान तर्फ रु. ४० लाख २० हजार, सडकबोर्ड बाट प्राप्त हुने रकम सडक मर्मत तर्फ रु. ५० लाख, जनसहभागिता तर्फ रु. १ करोड ५० लाख, चालू तथा प्रशासनिक खर्च तर्फ रु. १४ करोड ९६ लाख ८७ हजार, नगर गौरव आयोजनाको लागि आवश्यक रकम रु. १ करोड, नगरपालिकाको समपूरक कोषतर्फ १ करोड ५० लाख, भवन निर्माणतर्फ २ करोड, ऐन बमोजिम नगरपालिका आफैले गर्नुपर्ने अत्यावश्यक कार्यहरु तर्फ ६ करोड ६५ लाख, विपद् व्यवस्थापन कोषमा रु. १ करोड, आकस्मिक कोषमा रु. २५ लाख, मर्मत सम्भार कोषमा रु. १ करोड २५ लाख, नगरपालिकाका विषयक्षेत्रगत योजना तथा कार्यक्रमको एकमुष्ट रकम रु. २९ करोड ८३ लाख ४७ हजार ९ सय ८० गरी कुल खर्च रु. ९९ करोड ५२ लाख ५४ हजार ९ सय ८० अनुमान गरिएको छ ।
यस्ता छन् उल्लेख्य कार्यक्रमहरुः
उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न लोकप्रिय कार्यक्रमहरु अघि सारेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि उल्लेख्य बजेट विनियोजन गरिएको छ । यस्तै, बक्राहा घाट निर्माण र वेतिनी सीमसारका लागि १÷१ करोड रुपैयाँ छुट्याइएको छ ।
यस्तै, उज्यालो उर्लाबारी अन्तर्गत सडक बत्ती जडान र महशुलका लागि ७५ लाख, विपन्न परिवारका लागि खानेपानीको धारा जडानका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको नगर प्रमुख गंगाप्रसाद खरेलले बताए । प्रत्येक वडाबाट १÷१ सय र नगरपालिकाले १ हजार परिवार गरी जम्मा १९ सय विपन्न परिवारको स्वास्थ्य बिमाका लागि आवश्यक बजेट छुट्याएको उनले जानकारी दिए ।
उर्लाबारी–६ हाटखोला र नगरका अन्य आवश्यक स्थानमा सार्वजनिक शौचालय निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । नगर कार्यपालिकाको कार्यालयमा डिजिटल नागरिक बडापत्र र डिजिटल बोर्ड राख्ने र ९ वटै वडा कार्यालयमा सीसी क्यामेरा जडान तथा डिजिटल नागरिक वडापत्र राख्नका लागि बजेटमा व्यवस्था गरिएको नगर कार्यपालिकाका प्रवक्ता भीष्मराज बुढाथोकीले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय