
दमक, ७ असार
जिल्ला समन्वय समिति झापामा नेकपा एमालेको मात्र उम्मेद्वारी परेको छ । आज मनोनयन दर्ताका क्रममा जिसस झापाको प्रमुखमा विश्व बराल, उपप्रमुखमा शान्ता रोक्काको मात्रै उम्मेद्वारी परेको हो ।
जिल्ला समन्वय समितिमा एक÷एक जना प्रमुख र उपप्रमुख, दुई खुल्ला सदस्य, तीन जना महिला सदस्य र दलित वा अल्पसंख्यकबाट एक जना सदस्य रहने व्यवस्था छ । सोही व्यवस्था अनुसार सदस्यहरु देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोष सोरेन, जलाल अलि, कपिल काफ्ले, रीता नेपालीको उम्मेद्वारी परेपछि उनीहरु निर्विरोध निर्बाचित भएका हुन् । यद्यपि, जिल्ला निर्वाचन कार्यालय झापाले भने औपचारिक रुपमा घोषणा गरेको छैन ।



