
उर्लाबारी, ५ असार
उर्लाबारी नगरपालिकाको नगरसभा असार ८ गते हुने भएको छ । आज बसेकाे कार्यपालिका बैठकले नगरसभा असार ८ गते बुधबार गर्ने निर्णय गरेको नगर प्रवक्ता भीष्म बुढाथोकीले जानकारी दिए ।
नगर प्रमुख गंगा प्रसाद खरेलकाे अध्यक्षतामा आज बसेकाे कार्यपालिका बैठकले आ व २०७९/०८० का लागि नीति तथा कार्यक्रम आगामी नगरसभामा पेश गर्ने निर्णय गरेको छ । यस्तै, वडास्तरीय याेजना तथा कार्यक्रम तर्जुमा तथा छलफल गरी सभामा पेश गर्ने निर्णय भएको प्रवक्ता बुढाथोकीले बताए ।
साथै गैर सरकारी संस्थाबाट पेश भएका कार्यक्रम समावेश गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।



