About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, ५ असार
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू अवैध नदी उत्खनन्विरुद्ध एक्सनमा उत्रिएका छन् । लगातारको वर्षासँगै जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोका कारण दुई जनाको ज्यानै गएको र सयौं विस्थापित हुँदा समेत नदी उत्खनन् कार्य भइरहेको पाएपछि उनी अनुगमनमा निस्किएका हुन् ।
शनिबार आठराई त्रिवेणी वडा नं. ५ चाँगे दोभानको मैवाखेला पुल नजिक नदी उत्खनन् गरिरहेको एस्काभेटरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दोभानलाई प्रहरीलाई बुझाएको अध्यक्ष पोमूले बताए । ‘असारदेखि भदौसम्म नदी उत्खनन् गर्न बन्देज छ’ अध्यक्ष पोमूले भने, ‘अवैध रुपमा उत्खनन् गरेको पाइए कानुन अनुसार कारबाही हुन्छ ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय