About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा -भूटानी शरणार्थी नेता डा.भम्पा राईको निधन भएको छ ।
आज विहान दुई बजेतिर विराटनगर स्थित नोबेल अस्पतालमा उपचारका क्रममा राईको निधन भएको परिवारजनले जनाएका छन् ।
राईलाई पाँचदिन अघि हर्नियाको उपचार गरिएको थियो । शनिवार दिउसो देखि मुटुको चाल कमजोर भएका कारण नोबेल अस्पताल भर्ना गरिएको थियो ।
सन् १९९२ मा भूटानबाट खेदिएर नेपाल आएपछि राई दमकमा बस्नु भएको थियो । शरणार्थीको निशुल्क उपचारमा संलग्न राईले चिकित्सासँगै शरणार्थी फिर्ती आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।
राईलाई दमक नगरपालिकाले निशुल्क बसोबासको प्रवन्ध गरिदिएको थियो । राईकी श्रीमतीको गत वर्ष निधन भएपछि दमकमा उहाँ एक्लै बस्दै हुनुहुन्थ्यो ।
भूटानी राजाका डाक्टर राईले शरणार्थीको तेस्रो देश पुनरबासको कार्यक्रम अस्विकार गर्दै सास रहेसम्म शरणार्थीको स्वदेश फिर्तीलाई नै अभियानको रुपमा अघि बढाउने बताउनुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय