
काठमाडौं, ४ असार
यस वर्षको मिस नेपाल वल्र्डको उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले हात पारेकी छिन् । ललितपुरको गोदावरीमा आज सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।
उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहि¥याइदिइन् ।
यस्तै, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का घोषित भए । फाइनलमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।



