About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अमेरिकाबाट नेपाल आएर एक भट्टराई परिबारले आफना छोराहरुको सपथग्रहण सहित ब्रतबन्ध सम्पन्न गरेका छन ।इटहरीमा ब्रतबन्ध समारोह गरेर सपथग्रहण गराइएको हो । प्रतिभा भट्टराई र टंक भट्टराईले आफना छोराहरु अमन र अंशुअलको फरक ढँगले शुभ उपनयन ब्रतबन्ध सस्कार गरिदिनुभएको हो । उहाँहरुको मावली हजुरबुबा डा बद्रि बिशाल पोखरेलले ब्रतबन्ध समारोहमा सपथ ग्रहण गराउनुभयो । आफन्तजन तथा समाजका बौद्धिक बर्गहरुको उपस्थितिमा इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा भएको समारोहमा पढछौ,बढछौ,दामी बन्छौ,समाजसेबामा लाग्छौ,सत्कर्म गर्छौ भनेर सपथ लिएका छन । उनीहरुले समाज र देशको सेवा गर्ने प्रतिज्ञा गरेका छन । असार २ गते जनै ग्रहण गरेका उनीहरुको ३ गते ब्रतबन्ध समारोह गरिएको हो । समारोहमा ब्रतबन्ध सम्वन्धि सार पक्षहरु शुत्रबद्ध लेखिएको थियो । कार्यक्रममा उपस्थित ब्यक्तिहरुले उनीहरुलाई शुभकामना दिए । संस्कार बिधिहरुलाई सरल,सहज,परिस्थिति अनुकुल बनाउन यस किसिमको समारोह गरिएको उनीहरुका हजुरबुबा प्रा डा पोखरेलले बताउनुभयो । प्रतिभा भट्टराई र टंक भट्टराई आफना छोराहरुको साथ अमेरिका बसोबास गर्नुहुन्छ । उहाँहरु ब्रतबन्धका लागि इटहरी आउनुभएको थियो । ठूलोछोरा ब्याचलरमा र सानो छोरा सात कक्षामा अध्यनरत छन ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय