About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ – तीन दिन देखिको निरन्तर वर्षा र पाढीपहिराका कारण सिदिङवा गाउँपालिका र सिरिजङ्गा गाउँपालिका भित्रका सबै शैक्षिक संस्थाहरु बन्द गरिएको छ । बर्षाका कारण ठाँउ ठाँउमा पहिरो गएका कारण बिद्यालय जाने बाटोहरु भत्किएका छन । खोलका सतह समेत बढेकाले जोखिम बढेको हुनाले बिद्यालयहरु बन्द गरिएको जनाइएको छ ।सिदिङवा गाउँपालिकाले हिजोदेखि नै विद्यालय बन्द गरेको छ भने सिरिजङ्गा गाउँपालिकाले आजदेखि अर्को सूचना प्रकाशन नगरेसम्मको लागि गाउँपालिका भित्रको सबै विद्यालयहरु बन्द गरेको छ । तीनदिन देखिको बर्षाका कारण पहिरोमा परेर ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गएराती दुईजनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन । पहिरोले वडा नम्बर ६ मा रहेको खाक्सेबा हाइड्रोपावर बगाएको छ । खाक्सेवा खोलाको झोलुङ्गेपूल पनि बगाएको छ । पूल बगाएपछि वडा नम्वर ६ र ८ का बासिन्दालाई आवतजावत गर्न समस्या छ । ठाँउ ठाँउमा पहिरोका कारण कंचनजंघा लोकमार्ग अवरुद्ध वनेको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय