About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ जिल्ला सिरिजङगा गाउपालिका वडा नं ७ खेवाङमा पहिरोले घर बगाउंदा गम्भीर घाइते बिष्णु अधिकारीलाई उपचारको लागि हेलिकप्टर बाट बिराटनगर ल्याइएको छ । ताप्लेजुङका संघीय साँसद योगेश भट्टराईको पहलमा हेलिकप्टरमार्फत बिराटनगर ल्याई कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा परि अधिकारीकी आमा तुलसा अधिकारी र श्रीमति यशोदा अधिकारीको ज्यान गएको छ । बिहानै देखि उद्धारमा खटिने नेपाली सेना, नेपाल प्रहरी तथा समन्वय गर्नुहुने प्रमुख जिल्ला अधिकारी, कर्मचारी, स्थनीय जनप्रतिनिधिहरु र खेवाङवासीलाई सांसद भट्टराइले धन्यवाद र आभार ब्यक्त गर्नु भएको छ । ताप्लेजुङका अन्य स्थानहरुमा समेत वाढी पहिरो पीडितहरुलाई राहत र क्षतीपुर्तीका लागि उहाँले सरकारसँग माग गर्नु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय