About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, ३ असार
प्रदेश १ का उद्योगी ब्यवसायीले प्रदेश १ को बजेटका बारेमा मिश्रित प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले बजेटमा केही पनि नयाँपन नरहेको बताएका छन् । उनले घाटा बजेट भएकाले कार्यान्वयन पक्ष कमजोर हुने बताए ।
उद्योग घन्दाको संरक्षण, रोजगारी सृजना गर्न, स्वदेशी उत्पादन प्रयोग गर्ने वातावरण बनाउन, नेपाली जनशक्तिलाई बिदेश जानबाट रोक्नेतर्फ बजेटमा केही पनि कार्यक्रम नरहेको उनले बताए । कृषि र सडक निर्माणलाई प्राथमिकता दिनु भने सकारात्मक रहेको जनाए । अध्यक्ष घिमिरेले आफू प्रदेश सरकारनै आवश्यक नपर्ने पक्षमा रहेको समेत बताए ।
उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीले बजेटले उद्योगी ब्यवसायीका समस्यालाई सम्बोधन नगरेको बताए । धेरैजसो उद्योगहरु धरायासी भएको अवस्थामा ती उद्योगको संरक्षणका लागि बजेटले केहि पनि नबोलेको उनको भनाई छ । बैंकहरुले तरलता अभाव देखाएको अबस्थामा उद्योगहरु पुनः उठ्न नसक्ने अबस्थामा पुग्दा पनि प्रदेश सरकारको ध्यानाकर्षण नभएको आरोप उनले लगाए ।
उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले प्रदेशले ल्याएको बजेट सकारात्मक भएको बताएका छन् । सानादेखि मझौला ब्यवसायी समेतलाई बजेटले समेटेको बताए । उद्योगको हकमा भने राहत कम भएको उनले बताए ।
उद्योग बाणिज्य संघ सुन्दरहरैचाका अध्यक्ष कृष्ण रिजालले कृषक र उद्योगी ब्यवसायीका लागि बजेट सकारात्मक नै आएको बताए । उनले कर छुटका लागि गरिएको माग भने सम्बोधन भए नभएको हेर्न बाँकी रहेको बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय