About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

इटहरी,आठौ चुरे दिवसका अवसरमा पूर्वका बिभिन्न ठाँउमा करिब २० हजार बिरुवा रोपिएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यावन्यन इकाई सलकपुर मोरंगको आयोजनामा बृक्षारोपण गरिएको हो । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखर चन्द्र थापाले ग्रामिण सुधार सामुदायिक बन कानेपोखरी ७ मा रुद्राक्षको बिरुवा रोपेर कार्यक्रमको उदघाटन गर्नुभयो । उहाँले चुरेको संरक्षणमा प्रदेस सरकार लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । यसैगरी आजै मिक्लुङ सामुदायिक बन मिक्लाजुङ ६,सलकपुर सामुदायिक बन सुन्दरहरैचा ८,सुकेडाँगी सामुदायिक बन सुरुङ्गा झापा र प्रजापति सामुदायिक बन सुरुङ्गा झापामा बृक्षारोपण गरिएको छ । स्थानीय सामुदायिक बन र पालिकाको सहकार्यमा बिरुवा रोपिएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यावन्यन इकाई सलकपुरका प्रमुख राजकुमार गुप्ताले जानकारी दिनुभयो । रुद्राक्ष,जामुन,टिक जातका बिरुवा रोपिएको छ । यसैबिच इकाईकार्यालयले विरुवा उपलब्ध गराएर नेपाली सेनाले पूर्वका बिभिन्न ठाँउमा वृक्षारोपण गरेको छ । रोपिएका बिरुवाको संरक्षणका लागि सबै ठाँउमा घेरावारा र सिंचाईको समेत ब्यवस्था गरिने इकाई प्रमुख गुप्ताले जानकारी दिनुभयो । स्थायी संरचना भएका सामुदायिक बन समिति र स्थानीय पालिकाहरु सँगको सहकार्यमा बृक्षारोपण गरिएकाले बिरुवाको संरक्षण हुने उहाँको अपेक्षा छ । चुरे श्रृंखला नेपालको ७७ जिल्लाहरूमध्ये ३७ जिल्लाहरूका केही भूभाग ओगटी फैलिएको छ । यसको चौडाई (उत्तर दक्षिण) ठाँउ अनुसार १० देखि ५० कि.मी. सम्म भएको पाइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय