About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ असार
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याव्सन) उर्लाबारी नगर समितिको आयोजनामा आधारभूत तह (कक्षा १–३) को एकीकृत पाठ्यक्रम सम्बन्धी चार दिने कार्यशाला शुरु भएको छ ।
आज कार्यशालाको उद्घाटन गरिएको छ । प्याव्सनका केन्द्रीय सदस्य केदार खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका बक्ताहरुले कार्यशाला उपयोगी हुने बताएका थिए । कार्यशालामा उर्लाबारी प्याव्सनमा आवद्ध २० विद्यालयका ६३ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको प्याव्सन उर्लाबारीका अध्यक्ष दिनेश पोख्रेलले जानकारी दिए । कार्यशालामा मिक्लाजुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख काशीनाथ खनाल र आकार फाउण्डेशनकी सञ्चालक प्रिसिमा थापाले सहजीकरण गरेका छन् । कार्याशालाबाट नयाँ विषयमा जानकारी हुने र सम्पूर्णको सिकाइ उपलब्धीमूलक हुने बताउँदै सहजकर्ता थापाले नयाँ पाठ्यक्रमका बारेमा रहेको अन्योलता हट्ने बताइन् ।


प्याव्सन नगर अध्यक्ष दिनेश पोख्रेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई, प्रदेश १ का सदस्य भुवन श्रेष्ठ, प्रशिक्षकद्वय काशीनाथ खनाल र प्रिसिमा थापा, उर्लाबारी नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक सरोज न्यौपानेलगायतको आतिथ्यता रहेको थियो । प्याव्सन नगर सदस्य सूर्य पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नगर सचिव कुवेर न्यौपानेले गरेका थिए । नगर अध्यक्ष पोख्रेलले प्याव्सन उर्लाबारीले यो वर्षलाई तालिम वर्षका रुपमा लिएको जनाउँदै प्याव्सनमा आवद्ध विद्यालयका शिक्षक र कर्मचारीलाई विभिन्न किसिमका तालिम प्रदान गरिने जनाए । क्रियटिभ रिडर्स पब्लिकेशनको सहयोगमा सञ्चालित तालिम भृकुटी मोडल एकाडेमीको सभाहलमा सञ्चालित छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय