About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ असार
भुकम्प प्रतिरोधी घर निर्माण गर्न सिकाउने उद्देश्यले मोरङको उर्लाबारीमा सञ्चालित सात दिने डकर्मी तालिम सम्पन्न भएको छ । घर निर्माणमा काम गर्ने मिस्त्रीहरुलाई सहभागी गराई प्रदान गरिएको तालिम आज सम्पन्न भएको हो ।
आज उर्लाबारी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडाधयक्ष भीष्मराज बुढाथोकीको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको छ । उर्लाबारी–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा सञ्चालित तालिममा उर्लाबारीका ३४ जना मिस्त्रीहरुले सहभागीता जनाएका थिए । उनीहरुलाई प्रमाणपत्र प्रदान गरिएको उर्लाबारी नगरपालिका घर नक्सा शाखाका इन्जिनियर राजेन्द्र थापाले जानकारी दिए । तालिमको सहजीकरण अमर जानकी कन्सल्टेन्सी दमकले गरेको थियो ।
तालिम सिकेको प्रमाणपत्रका आधारमा व्यवसाय दर्ता गरेर निर्माण सम्बन्धी कार्य गर्न पाउने इन्जिनियर थापाले बताए । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष भीष्मराज बुढाथोकीले सात दिनसम्म सिकेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह गरे । सहभागीहरुले तालिम फलदायी भएको बताएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय