About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ असार
प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नाम तोक्ने कुरा सरकारको अधिकारभित्र नरहेको बताएका छन् । आज उर्लाबारीमा धिमाल जातीय विकास केन्द्रद्वारा आयोजित जात्री पर्वको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको नामकरणको विषय प्रदेश सभा संसदको अधिकार क्षेत्रभित्र रहेको बताए ।
‘सरकारले निर्णय गरेर प्रदेशको नाम राख्न सक्दैन’ उनले भने, ‘तर, सरकारले पहल कदमी गर्न सक्छ । गठन भएदेखि नै प्रदेश सरकार दत्तचित्त भएर लागेको छ ।’ आगामी साउनभित्रमा प्रदेशको नाम राख्ने बताउँदै उनले सहमति नभए मतदानबाट भएपनि प्रदेशको नामकरण गरिने बताए ।
अब एक मात्र लक्ष्य बनाएर नाम टुंगो लगाउन लागिपर्ने उनले बताए । ‘नामको विषयमा छलफल गर्न एक मन्त्रीलाई जिम्मेवारी तोकिएको छ, धेरै पटक छलफल भएको छ’ उनले भने, ‘हिउँदे अधिवेशनमा नामकरण गर्ने सोच बनाइएको थियो, स्थानीय चुनावको घोषणा भएका कारण थाँती राख्नुप¥यो ।’ अब नामकरणका विषयमा हदैसम्म कोशिष गर्ने मुख्यमन्त्री राईले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय