About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

छ बिद्यार्थी संगठनहरुले जनता बहुमुखी क्याम्पसइटहरीका प्रमुखको कार्यकक्षमा तालाबन्दि गरेका छन । क्याम्पसले गरेको कर्मचारी नियुक्ती प्रक्रियाको बिरोध जनाउदै क्याम्पस प्रमुख कार्यकक्षमा अनिश्चतकालिन तालाबन्दी गरेका हुन । क्याम्पसले कुनै पनि सूचना प्रकाशन नगरी लिखित तथा मौखिक परीक्षा गरेको हुदा नियुक्ति प्रकिृयामा चलखेल भएको आशंङका पैदा भएको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चतकालीनका लागि तालाबन्दी गर्नुपरेको संयुक्त बिज्ञप्ती जारी गरि जनाएका छन । दुई वटा अनेरास्ववियू,अनेरास्वबियु क्रान्तिकारी,समाजवादी बिद्यार्थी फोरम,राप्रविसंघ र नयाँ शक्ति बिद्यार्थी युनियनले संयुक्त बिज्ञप्ती जारी गरेका हुन । जेठ २९ गतेको लिखित तथा मौखिक परीक्षा ।संचालक समिति र क्याम्पस प्रशासनले एक दिनमै निर्धारित कार्यक्रमको जानकारी नगराई बदनियत पूर्ण ढंगले गरिएको बिज्ञप्तीमा आरोप लगाएका छन । बिद्यार्थी संगठनहरुले आफनो मागको सम्बोधन नगरी क्याम्पस प्रसाशन अघि बढेमा अझै सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय