About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २ असार
प्रदेश नं. १ सरकारले प्रतिसांसद १ करोड रुपैयाँ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा विनियोजन गरेको छ । जसका लागि ९० करोड रुपैयाँ विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जनाए ।
हिजो सार्वजनिक गरिएको बजेट भाषणमार्फत आव २०७९÷८० को बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ९० करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश नं १ मा हाल ९० जना सांसद छन् ।
प्रदेश नं १ मा चालु आव २०७८÷०७९ को बजेटमा प्रदेश पूर्वाधार विकास कार्यक्रमका नाममा सांसदलाई साढे ७४ करोड बजेट राखिएको थियो । प्रत्यक्ष निर्वाचित ५६ जना प्रदेश सभा सदस्यले एक–एक करोड र ३७ जना समानुपातिक प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ बराबरका योजना छनोट गर्न पाएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय