
उर्लाबारी, ३१ जेठ
मोरङको उर्लाबारी नगरपालिकाले जात्री पर्वको अवसरमा स्थानीय विदा दिएको छ । धिमाल समुदायको महान पर्व जात्रीको अवसरमा पर्सि (असार २ गते) स्थानीय विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।
उक्त दिन उर्लाबारी नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा मातहतका शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिने निर्णय भएको आज प्रकाशित सूचनामा उल्लेख छ । उर्लाबारी नगरपालिकाले धिमाल जातिलाई उर्लाबारीको पहिलो जाति घोषणा गरिसकेको छ ।



