About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३१ जेठ
जिल्ला समन्वय समिति मोरङको सदस्यमा उर्लाबारी–३ का वडा सदस्य मित्रप्रसाद ढकाल निर्वाचित भएका छन् । आज भएको समन्वय समितिको निर्वाचनमा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको हो ।
निर्वाचित भएसँगै ढकाललाई नेकपा एमाले उर्लाबारी नगर कमिटीले उर्लाबारीमा एक कार्यक्रम गरी बधाई तथा सम्मान गरेको छ । सम्मान कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय अनुशासन आयोगकी सदस्य लक्ष्मीदेवी भण्डारी, उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, एमाले उर्लाबारी नगर इञ्चार्ज उमाकान्त गौतम, नगर अध्यक्ष गंगाप्रसाद बाँस्तोलाले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले स्थानीय तहको क्षमता विकास, अनुगमन तथा स्थानीय तहको प्राकृतिक स्रोतको अनुगमन गर्ने कार्यमा दृढताका साथ लाग्न सुझाब दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय