About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर : नेकपा एमालेका स्थायी कमिटि सदस्य हिक्मत कार्कीको संयोजकत्वमा गठित कार्यदलले प्रदेश नं १ को नामाकरणका लागि पहल तिब्र बनाएको छ । एमालेका प्रदेश सभा सदस्य एवम नामाकरण सहजीकरण कार्यदलका संयोजक हिक्मत कार्की र जनता समाजवादी पार्टीका नेता एवम् प्रदेशका स्वास्थ्य मन्त्री जयराम यादवले प्रदेश नामाकरणबारे छलफल गर्नुभएको छ ।उहाँहरु बिच यहि बजेट अधिवेशनमा प्रदेशको नामाकरणलाई सार्थक निष्कर्षमा पुर्याउने सहमती भएको छ । अन्य दलहरुसँग पनि छलफल गरेर यहि अधिबेशनमा प्रदेशको नाम राख्ने सहमती भएको हो ।
नेकपा एमाले संसदीय दलले गठन गरेको कार्यदलका संयोजक हिक्मत कार्कीले यसअघि नेपाली काँग्रेस सँग छलफल गर्नुभएको थियो । काँग्रेस संसदीय दलका नेता राजिब कोइराला सँग भएको छलफलमा यहि अधिबेशनमा नाम राख्ने सहमति भएको थियो । नेकपा एमाले प्रदेश १ सांसद हिक्मत कार्कीले अस्ति आइतबार प्रदेशसभामा बोल्दै प्रदेशको नाम टुङ्गो लगाउन सरकारलाई उदार भएर आउन आग्रह गर्नुभएको थियो । प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले नाम टुङ्गो लगाउन उदार भएर आउन आग्रह गर्नुभएको हो । नेकपा एमालेले कार्कीकै नेतृत्वमा गठित कार्यदलका सदस्यहरु नामका लागि सहजीकरण गर्न पाँच सदस्यीय समिति गठन गरेको थियो । कार्यदलमा पूर्वमन्त्री कार्की सहित पूर्वमन्त्री जीवन घिमिरे, जगदिश कुसियैत, उषाकला राई तथा सांसद अर्जुन राई हुनुहुन्छ । नामको विषयमा सहजीकरणका लागि सत्ता पक्षले पनि स्वास्थ्य मन्त्री जयराम यादवको नेतृत्वमा समिति गठन गरेको थियो ।सात प्रदेश मध्ये प्रदेश १ बाहेक सबैले नाम राखिसकेका छन ।
अहिले प्रदेश १ को प्रदेशसभामा नेकपा एमाले ३९, नेपाली कांग्रेस २१, नेकपा (एकीकृत समाजवादी) १०, नेकपा माओवादी केन्द्र १४, जनता समाजवादी पार्टी नेपाल ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रियमञ्चका तर्फबाट एक/एक सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय