About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३० जेठ
मोरङको उर्लाबारीमा अर्गानिक नुहाउने साबुन बनाउने तालिम सम्पन्न भएको छ । उर्लाबारी नगरपालिकाको सहयोगमा एच नेपालय फाउण्डेशनद्वारा उर्लाबारी-७ मा पाँच दिनसम्म सञ्चालित तालिममा सहभागी महिलाहरुले अर्गानिक नुहाउने साबुन बनाउन सिकेका छन् ।
तालिम समापनका अवसरमा आज उर्लाबारीका मेयर गंगाप्रसाद खरेलले सिकेको सीपलाई सही सदुपयोग गर्नुपर्ने बताए । सीप सिकेपछि अर्गानिक साबुन बनाउने उद्योगकै रुपमा चलाउन सकिने बताउँदै उनले उद्योग सञ्चालन गरे बजारीकरणमा सहयोग गर्ने बताए । मेयर खरेलले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरे । सहभागीका तर्फबाट शिखा आचार्य र अन्जु बुढाथोकीले तालिम फलदायी भएको बताए ।
प्रशिक्षक शोभा कँडेल तिम्सिना र सहप्रशिक्षक पुष्पा भट्टराईले सहजीकरण गरेको तालिम समापनमा वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापा, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई, प्रेस चौतारी केन्द्रीय लेखा आयोग सदस्य केदार चौहानलगायतको आतिथ्यता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय