About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी बडा नम्वर ६ मा विहानै देखापरेको चितुवा नियन्त्रणमा लिइएको छ । इटहरी उपमहानगरपालिका ६ स्थित जुट विकास नजिकै एकता टोलमा लेहरु चौधरीको घरमा चितुवा देखिएको हो । कोशी टप्पु बन्यजन्तु आरक्षका कर्मचारीले डाट हानेर बेहोस बनाई नियन्त्रणमा लिएका हुन । कोशी टप्पु बन्य जन्तु आरक्षले चितुवा लगेको इटहरी प्रहरीले जनाएको छ । त्यहाँ चितुवा भेटिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, को टोलीले सुरक्षित रूपमा नियन्त्रण लिने कोशिष गरेका थिए । बजार क्षेत्र छेउकै ठाँउमा चितुबा देखिएपछि स्थानीय त्रसिद भएका थिए । विहान साढे तीन बजे देखापरेको चितुवा नौ घण्टामा नियन्त्रणमा लिइएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय