About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २९ जेठ
मोरङको उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल अहिले बिहानदेखि बेलुकासम्म नगरको नीति, कार्यक्रम र बजेट निर्माणमा केन्द्रीत भएका छन् । केही दिनयता उनी विभिन्न समूहसँग छुट्टाछुट्टै छलफलमा केन्द्रीत छन् । उनलाई साथ दिएका छन्, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र अन्य कर्मचारीले ।
अहिले उर्लाबारीका वडाका टोलटोलमा बजेट माग गर्ने छलफल चलिरहेको छ भने नगरमा समृद्ध नगर बनाउन के कस्ता योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । आज बिहान ११ बजेदेखि छलफलमा जुटेका नगर प्रमुख खरेल, उपप्रमुख खतिवडा, प्रमुख प्रशासकीय अधिकृत अधिकारीलगायत साँझ ७ बजेसम्म छलफलमै केन्द्रीत रहे ।


बिहान ११ बजेदेखि उर्लाबारीका संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, २ बजे बाल विकास सहजकर्ता र ४ बजे बुद्धिजीवीहरुसँग छलफल भएको हो । नगरपालिकाको सभाहलमा भएको छलफलमा सहभागीहरुले नीति, कार्यक्रम र बजेट बनाउने विषयमा छलफल कार्यक्रम राख्नु सुखद भएको बताउँदै सुझावहरु प्रस्तुत गरेका थिए । तीन वटै छलफलमा आएका सुझावलाई मनन् गरेर नीति, कार्यक्रम तथा बजेट बनाइने नगर प्रमुख खरेलले बताए ।

‘समृद्ध नगर, सुखी उर्लाबारीका जनता बनाउने अभियानमा लागेका छौं’ नगर प्रमुख खरेलले भने, ‘सबै पक्षको साथ र सहयोगले अभियान सफल हुनेमा विश्वस्त छौं ।’ नगर उपप्रमुख मीना खतिवडा पौडेलले सरोकारवालाको सुझावलाई शीरोधार्य गर्दै अघि बढ्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सरोकारवालासँग छलफल कार्यक्रम राख्नुको औचित्यमाथि प्रकाश पार्दै सबैको अपनत्व हुने किसिमको बजेट निर्माणमा छलफलले सहयोग पु¥याउने बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय