About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २९ जेठ
मोरङको उर्लाबारीमा आज विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) उर्लाबारी नगर समितिको आयोजनामा प्याव्सन आवद्ध विद्यालयबीच भएको प्रतियोगितामा प्राथमिक तहतर्फ खुशी राई र माध्यमिक तहतर्फ सोनाम गुरुङ प्रथम भएका छन् ।
प्राथमिक तहको १८ जना प्रतिस्पर्धी मध्ये उर्लाबारी लिटिल एन्जेल बोर्डिङकी खुसी राई प्रथम भइन् भने सप्तकोशी बोर्डिङका प्रिन्स तामाङ दोस्रो, मोरङ मोडल बोर्डिङका कृष्णा श्रेष्ठ तेस्रो र कुडोस विद्या सदनकी रिचेल राई सान्त्वना भए । यस्तै, माध्यमिक तहतर्फ सहभागी २६ मध्ये मोरङ मोडलका सोनाम गुरुङ प्रथम, हिमालय बाल संसार बोर्डिङका सौगात विक दोस्रो, पशुपति आमाविकी भरोषा श्रेष्ठ तेस्रो र शुभकामना बोर्डिङ स्कुलकी पूर्णिमा रसाइलीले सान्त्वना स्थान हासिल गरे ।


दुवै तहका प्रथम, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमशः २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कारसहित ट्रफी प्रदान गरियो । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई, प्रदेश १ सदस्य भुवन श्रेष्ठ, मोरङ जिल्ला उपाध्यक्ष सुरेन्द्र सुवेदी, प्याव्सन नगर अध्यक्ष दिनेश पोख्रेल, भृकुटी मोडल एकाडेमीका संस्थापक अमर काफ्लेलगायतले पुरस्कार वितरण गरेका थिए ।
भृकुटी मोडल एकाडेमीको सभाहलमा भएको प्रतियोगितामा १९ विद्यालयका ४४ जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्याव्सन उर्लाबारीका अध्यक्ष दिनेश पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा प्याव्सनका केन्द्रीय प्रतिनिधि सूर्य पौडेलले स्वागत मन्तव्य राखेका थिए भने नगर सचिव कुवेर न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय