About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २९ जेठ
केही वर्षयता झापाका सहकारी मोरङको उर्लाबारीलगायतका पालिकामा प्रवेश गर्ने क्रम चलिरहँदा मोरङबाट भने पहिलो पटक झापामा सहकारीको सेवा केन्द्र उद्घाटन भएको छ । उर्लाबारी–५ मा मुख्य कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज दमकमा सेवा केन्द्र उद्घाटन गरेको हो ।
दमक–६ स्थित जेसीज चोकमा सञ्चालनमा आएको सेवा केन्द्र कार्यालयको बैदिक विधि अनुसार पूजापाठ गरी औपचारिक रुपमा शुरु गरिएको हो । कार्यालयको उद्घाटन संस्थाका अध्यक्ष गोपाल भट्टराई, लेखा समिति संयोजक राजु तिम्सिना, कार्यकारी प्रमुख थरेन्द्र पौडेललगायतले संयुक्त रुपमा गरेका थिए ।
१२ वर्षअघि उर्लाबारीमा युवा व्यवसायीहरुको सक्रियतामा स्थापना भएको संस्थाले यसअघि मोरङको मधुमल्ला र पथरी बजारमा सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ । संस्थाका कार्यकारी प्रमुख पौडेलले सदस्यहरुको माग अनुसार सेवा प्रवाहमा सहजता ल्याउन प्रदेश १ का विभिन्न स्थानमा सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना अनुरुप दमकमा सेवा केन्द्र सञ्चालनमा ल्याइएको बताए ।
१० हजार भन्दा बढी सदस्य संख्या रहेको सो संस्थाले एक वर्षअघि नै दमक क्षेत्रका सदस्यहरुसँग कारोबार शुरु गरेको भएपनि औपचारिक रुपमा भने आजबाट मात्रै सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । संस्थाको दमक सेवा केन्द्र मातहतमा एक हजार भन्दा बढी सदस्य रहेका जनाइएको छ ।


संस्थाले नियमित बचत तथा ऋणको कारोबारलाई अघि बढाउँदै सुदर्शन शेयर सदस्य कल्याणकारी योजना ल्याइएको संस्थाका अध्यक्ष गोपाल भट्टराईले बताए । सो योजना अन्तर्गत शेयर सदस्यहरुका लागि सन्तान प्राप्ती खुशीयाली योजनामा एक हजार, प्राकृतिक प्रकोप राहत योजनामा २० हजार, शल्यक्रिया राहत योजनामा ७ हजार, अंगभंग राहत योजनामा २ लाख, अशक्त राहत योजनामा २५ हजार, स्वास्थ्य सुधार योजनामा एक लाख, छात्रवृत्ति योजनामा १० हजार र मृतक राहत योजनामा ४५ हजार सम्मको काजक्रिया खर्च प्रदान गर्ने स्किमहरु ल्याइएको विभागीय प्रमुख यादप भण्डारीले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय