About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २८ जेठ
नुवाकोटको ककनी गाउँपालिका वडा नं ७ स्थित बिजुलीको हाइटेन्सन प्रसारण लाईनमा चढेका व्यक्तिको करिब ९ घण्टापछि उद्धार गरिएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार नेपाली सेनाको उद्धार टोलीले प्रसारण लाइनमा बसिरहेका माइला विकको उद्धार गरेको हो ।
बिहान करिब ११ बजे ककनी गाउँपालिका–७ मा प्रशारण लाइनको तारमा चढेका उनलाई तल झार्न नेपाल प्रहरी र स्थानीयले दिनभर प्रयास गरेपनि उनी ओर्लन मानेका थिएनन् । सेनाको टोलीले टावरमा चढेर उनलाई उद्धार गरी तल ल्याएको हो । ९ घण्टा विद्युत प्रसारण रोकिँदा करिब ९० लाख बराबरको घाटा भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय