About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

गौरादह, ३१ असार । झापाको गौरादह नगरपालिका–१ गेउरिया पुलनजिकै एक महिला मृत अवस्थामा भेटिएकी छिन् । गौरादह–१ गेउरिया पुल नजिकै बसोबास गर्दै आएकी करिब ४० वर्षीया संगीता टुडु मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बुधबार बेलुकी उनको श्रीमान्सँग विवाद भएको थियो । बिहीबार बिहान शव फेला परेकाले उनका श्रीमान्ले बेलुकै हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । उनका श्रीमान् हाल फरार छन् ।

घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमक र गौरादहले अनुसन्धान गरिरहेको छ । उनका श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ । फरकविचारबाट

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय